प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

इन्टरपोलबाट रेड नोटिस् जारी भई फरार रहेका प्रतिवादी पक्राउ

२०७९-१२-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं,  इन्टरपोलबाट रेड नोटिस् जारी भई कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कपिलवस्तु भृकुटि नगरपालिका-७ ठेगाना भएका २३ वर्षीय शिव शरण चौधरी पक्राउ परेका छन् ।  

कपिलवस्तु बुद्दभुमि नगरपालिका-४ बस्ने ६६ वर्षीय गंगाराम थारुलाई २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई एनसिबि काठमाडौंको अनुरोध तथा एनसिबि अबुधाबी युएईको सहयोगमा युएईबाट पक्राउ गरेको हो ।  

घटना पश्चात शिव शरण चौधरी फरार भई युएई बसेको अनुसन्धानको क्रममा खुल्नआएपछि ईलाका प्रहरी कार्यालय, गोरुसिंगे, कपिलवस्तु मार्फत नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भए बमोजिम चौधरीको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते उनी विरुद्द रेड नोटिस् जारी भएको थियो । 

इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते चौधरी विरुद्द जारी भएको रेड नोटिस् एनसिबि अबुधाबी युएईलाई जानकारी गराउनुको साथै निज प्रतिवादीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकोमा २०७९ भदौ २१ गते एनसिबि अबुधाबीले उनलाई पक्राउ गरि सपुर्दगीको लागि आवश्यक कागजात माग गरेको तथा एनसिबि काठमाडौंले माग भए बमोजिमको कागजात खुलाई पठाए पश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगि गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाई दिनुहुन भनि जानकारी प्राप्त भए अनुसार एनसिबि काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नेपाल ल्याएको हो ।  

उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुलाई बुझाइएको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।