कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-२१
- A
- A-
- A+
काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मनाङ नार्फु गाउँपालिका-३ ठेगाना भएका ४० वर्षीय फुञ्जोवाङ्दी लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको २०७५ पुस १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ ।