बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-२३
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गुल्मी छत्रकोट गाउँपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने ४९ वर्षीय दिपक न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २२ लाख ४४ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सिंहदरबारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।