प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०७९-१२-२५

  • A
  • A-
  • A+
Share

दार्चुला,महाकाली नगरपालिका-४ बांगाबगर बस्ने ५० वर्षीय गणेश सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ५ सय ६८ रूपैयाँ र १० थान तासका गड्डीसहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार