प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नियन्त्रित लागूऔषधसहित पक्राउ

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका-२ चौफल टोलबाट नियन्त्रित लागूऔषध लुपिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र फेनारगन ७५ एम्पुलसहित सोही ठाउँ बस्ने २२ वर्षीय सुनिल राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उनले लागूऔषध ओसार पसार गरेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा उनको घर अगाडि रहेको करेसा बारीमा खाल्टो खनि राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
२०८०-०६-०४

सिन्धुली, कमलामाई नगरपालिका-६ माझिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ हजार ट्याब्लेट र डायलेक्स-डिसी लेखिएको एकसय एमएलको ७ सय ४९ बोतलसहित सर्लाही कोडैना गाउँपालिका-६ बस्ने २० वर्षीय सुनिल कुमार यादव समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले एचआर १० एस ३०५६ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । कपिलवस्तु, बाणगंगा नगरपालिका-३ वभनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३  ग्राम ८ सय ३० मिलिग्राम र नगद २८ हजार रूपैयाँसहित सोही नगरपालिका-९ जगदिशपुर बस्ने २६ वर्षीय घनश्याम मुराउलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु.८३ प ९७६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्रामसहित बर्दगोरीया गाउँपालिका- २ बौनीया जगतपुर बस्ने २५ वर्षीय रबिन्द्र टमट्टालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ
२०८०-०६-०३

महोत्तरी, जलेश्वर नगरपालिका-१ स्थित महादेव मन्दिर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय १० केजीसहित धादिङ थाक्रे गाउँपालिका-७ बस्ने २३ वर्षीय जिवन तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-०२६ च ४९२१ नम्बरको पिकप गाडीलाई जाँच गर्ने क्रममा गाडीभित्र लुकाई छिपाई १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडीका सहचालक तामाङलाई पक्राउ गरेको हो । साथै हाल फरार गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा १० केजी ३ सय ५० ग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा मधुवन गाउँपालिका-२ बस्ने ४० वर्षीया सलामा खातुन र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय सामुएल प्रजा रहेका छन् । अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख १५८६ बसमा सवार सलामाको साथबाट ३ केजी १ सय ग्राम र ग.७ ख २२४० नम्बरको बसमा सवार सामुएलको साथबाट ७ केजी २ सय ५० ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-१ नैनादेवी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ८० मिलिग्रामसहित बाजुरा बुढीगंगा नगरपालिका-६ बस्ने २० वर्षीय देवेन्द्र लुहारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २३ वर्षीय प्रकाश बिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम १६ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले प्रकाशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१४ बाबुगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित डुडुवा गाउँपालिका-६ बस्ने २८ वर्षीय उदय राज मौर्यालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंज, लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र लुम्बिनी प्रदेश अनुसन्धान समुहबाट खटिएको संयुक्त टोलीले युपि ४० एएफ ५३७३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उदयलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८०-०६-०२

कैलाली, धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय  २० मिलिग्राम र चरेश २ ग्राम ८६ मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ सी गाउँ बस्ने ३७ वर्षीय नवराज जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । कपिलवस्तु, बाणगंगा नगरपालिका-७ घेरुवा बनगाई नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १  ग्राम २ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-७ बनगाई बस्ने ३६ वर्षीय ज्ञानराज परियार समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध ब्राउनसगुर १० ग्राम ३० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सुनसरी ईटहरी उपमहानगरपालिका-२० बस्ने ३७ वर्षीय अमृत पुरी र सुनसरी धरान उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुसान्त रिजाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०५२ प २७१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०६-०१

मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४७ मिलिग्रामसहित सोही महानगरपालिका-१५ बस्ने २४ वर्षीय प्रमिस डंगोललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ९ सय १९ केजी ३ सय २४ ग्रामसहित आइतबार २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत बलरामपुर बिर्तापुर बस्ने ४५ वर्षीय दुलारे यादव र ३५ वर्षीय योगेश बर्मा रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट खटिएको टोलीले चितवन खुरखुरेबाट वीरगंज हुँदै भारततर्फ जाँदै गरेको एनएल ०१ एसि २१४५ नम्बरको कन्टेनरलाई जाँच गर्दा २ फिटको फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी ट्रक चालक दुलारे र सहचालक योगेशलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।