प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं,सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका-२ घर भएका २६ वर्षीय विश्व शर्मालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

 सामाजिक सञ्जाल फेसवुकमा महिलाको नक्कली प्रोफाइल बनाई साथी बन्न सन्देश पठाएपछि उक्त अनुरोधलाई स्वीकार गरी वार्तालाप गर्दै जाँदा माया प्रेमको कुराकानी गर्नुका साथै विभिन्न बहाना बनाई पटक-पटक रकम माग गरेकोले विभिन्न बैङ्क खाताहरुबाट बैंङक खाताहरु तथा डिजिटल वालेटहरु मार्फत करिब ६० लाख रुपैयाँ पठाइ सक्दा समेत थप रकम माग गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले ठगीमा संलग्न उनलाई पर्वत मोदी गाउँपालिका-२ बाट पक्राउ गरेको हो । 

उनी उपर सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ
२०८०-१२-०६

काठमाडौं, क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा गाउँपालिका-६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ नामगेल बस्ने नुवाकोट शिवपुर गाउँपालिका-१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् । विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप  ५ थान र मोबाइल ११ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

सामाजिक संजालमार्फत नाबालिकाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-११-२०

  काठमाडौं, सामाजिक संजाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्खुपाखा बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भएका २२ वर्षीय सुमन खत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसवुकमा नाबालिकाले पोष्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आईडीबाट नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेख्ने साथै निज नाबालिका तथा उनकी दिदी र साथीहरूलाई अश्लिल तस्विर, भिडियो फेसबुक म्यासेन्जरमा पठाई दु:ख, हैरानीका साथै चरित्र हत्या समेत गरेको भन्ने पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा सुमनको संलग्नता खुल्न आएपछि उनलाई ठमेलबाट पक्राउ गरेको हो । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-११-१०

काठमाडौं, सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ बानियाटार बस्ने २७ वर्षीय किरण थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको र सम्बन्ध विग्रिएपछि पीडकले उक्त फोटो एवम् भिडियो पीडितका आफन्त तथा परिवारजनमा पठाई चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा थापाको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । उनीलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । 

सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८०-१०-१६

काठमाडौं, सामाजिक संजाल यु-ट्युवमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-४ आँगाटार बस्ने सिरहा लहान नगरपालिका-२४ स्थायी वतन भएका ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झूटो विवरणसहित भिडियो बनाई सामाजिक संजाल यु-ट्युवमार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा मनोजको संलग्नता खुल्न आएपछि उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका थप २ जना पक्राउ
२०८०-०८-१८

काठमाडौं, सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका लाजिम्पाट बस्ने काभ्रेपलाञ्चोक भुमलु घर भएका २७ वर्षीय सुरेश कुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका-१४ घर भई कलंकी बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  यसअघि आइतबार सोही अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ५ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही प्रकृया अगाडि बढाएको थियो । 

अनलाईनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०८-११

काठमाडौं, अनलाइनमार्फत १ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने सप्तरी कञ्चनरूप नगरपालिका-९ घर भएकी २७ वर्षीया सुजता चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  चौधरीले आफू टर्किको नागरिक हो भनि फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडि, जुत्ता, सुनका गहना, मेकअप लगायतका सामानहरू पठाएको र उक्त सामान काठमाडौं एयरपोर्टमा आइपुगेकोले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरुको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।