प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुकसहित पक्राउ

२०८०-०१-०१

  • A
  • A-
  • A+
Share

महोत्तरी, बर्दिबास नगरपालिका-८ स्थित हात्तीलेटको जगंलबाट भरुवा बन्दुक २ थान, बारुद करिब ५ ग्राम र छर्रा ३७ वटासहित सोही नगरपालिका-१४ नमुनाबस्ती बस्ने ४९ वर्षीय भिम भन्ने गणेश बहादुर मगरलाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त जंगलमा सिकार खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई सिकार खेल्दै गरेको अवस्थामा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
भरूवा बन्दुक र भरूवा बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ
२०८०-०६-०५

रूकुम पश्चिम, मुसिकोट नगरपालिका-६ बस्ने ३६ वर्षीय झगेन्द्र भण्डारीलाई ३ नाल भरूवा बन्दुक, नाल बनाउन प्रयोग हुने पाईप १ थान, सट्गनको कार्टिज ५ राउण्ड, बारुद बनाउन प्रयोग हुने गन्धक करिब १ मुठी, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोली जस्तो बनाएको फलामको टुक्रा १५ वटा, क्यापमा प्रयोग हुने पटाका २० रोल र बारुद २ डिब्बासहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचानको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हातहतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।