प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार तथा नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७८-०७-१७

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, मायाँदेवी गाउँपालिका-८ बिजुवा चोकबाट हतियार र नियन्त्रित लागूऔषध सहित सोही गाउँपालिका-६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतर्फ आँउदै गरेका उनलाई अस्थाई प्रहरी पोष्ट विजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ थान पेस्तोल, २८ थान कार्ट्रिज, नियन्त्रित लागूऔषध ४२ चक्की स्पास्मो, २१ चक्की नाइट्राजेपाम, १ थान मोबाइल, ४ थान पेनड्राइप र १ थान वाईफाई स्पिडर समेत फेला पारी बरामद गरेको हो । 

गुल्मी, मुसिकोट नगरपालिका-४ बडागाउँ बस्ने ४६ वर्षीय दिपक काउछा मगरलाई १ थान भरुवा बन्दुक सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीसँग सोही ठाउँस्थित धारापानी जंगलमा वन कुखुरा मार्ने क्रममा दिपकले भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले दिपकलाई सोही नगरपालिका-४ गजुङ्गाबाट पक्राउ गरेको हो । साथै घाइतेलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपश्चात थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौंमा पठाइएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।