प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटल याला पिकबाट अवैध लागूऔषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्र कुमार पाराशरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा महिलाले बोक्ने झोलाभित्र फल्सबटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त झोला केनियाका नागरिक ६३ वर्षीया PILISILA WANJA NDIRITU महिलासँग लिएको भन्ने खुल्न आएपछि काठमाडौं ठमेलस्थित होटल ट्राभलर्स होमबाट NDIRITU लाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरू उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।  

कञ्चनपुर, बेलौरी नगरपालिका-६ विद्यानगर शारदा मावि नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम १० मिलिग्रामसहित सोही नगरपालिका-९ रतनपुर बस्ने २० वर्षीय जिवन भण्डारी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, लम्कीचुहा नगरपालिका-४ कौवापुर खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय शमिर अधिकारी र २४ वर्षीय प्रकाश ओली रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-९ सोहनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ४८० मिलिग्रामसहित सोही नगरपालिका-१ लम्की बस्ने २३ वर्षीय राजु चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका-१३ चारआलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही नगरपालिका अठारकट्ठे बस्ने २६ वर्षीय आकाश गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापा, मेचिनगर नगरपालिका-१० मियाँबस्ती बस्ने ३१ वर्षीय मेसरु मियाँलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ
२०८१-०२-१४

सिरहा, भगवानपुर गाउँपालिका-१ पुरानो कल्याणपुर टोलबाट अवैध लागूऔषध गाँजा १५ किलो ५ सय ग्रामसहित  २ जनालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय अर्जिलाल मण्डल र ३९ वर्षीय देविन्दर यादव भन्ने रामसंकर यादव रहेका छन् । मण्डलको घरमा लागूऔषधको खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घर अगाडि लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । दाङ, गढवा गाउँपालिका-६ स्थित गढवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान, नगद १ लाख ३९ हजार ५ सय रूपैयाँ र मोवाइल ५ थानसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-७ बढवा बस्ने २० वर्षीय सहिद रजा खाँ र २६ वर्षीय महमद ईस्तिका खान रहेका छन् । इलाका प्रहरी गढवाबाट खटिएको प्रहरीले गढवाबाट लमहीतर्फ जाँदै गरेको रा. ८ प ४७८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यसैगरी दाङ, लमही नगरपालिका-५ लमही बजारस्थित दिपेश डाँगीको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्रामसहित दिपेशसमेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिपेशको घरमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । कपिलवस्तु, बुद्धभुमी नगरपालिका-२ बडहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय आभुषण मल्ल र अर्घाखाँची भुमिकास्थान नगरपालिका-७ बस्ने २५ वर्षीय मनिष केसी रहेका छन् । इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१३ बुद्दचोकबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय ८० मिलिग्राम र चरेस २ सय ६० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाटा नगरपालिका-१ बन्साह घर भई भिमदत्त नगरपालिका-१३ बुद्दचोक डेरा गरी बस्ने २३ वर्षीया यसोधा राना र कैलाली गोदावरी नगरपालिका-२ बस्ने २२ वर्षीय राजु औजी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जिल्ला अदालत कञ्चनपुरको २०८० जेठ ५ गतेको लागूऔषध मुद्दामा पक्राउ आदेश जारी भई फरार रहेकी यसोधा रानालाई पक्राउ गर्ने क्रममा उनकै कोठाबाट उक्त लागूऔषधसहित राजुलाईसमेत पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८१-०२-१४

तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ३० ट्याब्लेटसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङ्ली बस्ने ४२ वर्षीय सन्जिव थापा र तनहुँ बन्दिपुर गाउँपालिका-१ गुरूङटार बस्ने ३६ वर्षीय सुवास सुनार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग.२१ प ९८१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
२०८१-०२-१४

कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने २८ वर्षीय प्रेम ठकुल्ला र २५ वर्षीय किरण बोहरा रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले सु.प.प्र.०१००९ प ११६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ६ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय सुरज चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

१ किलो १०१ ग्राम कोकिनसहित एक जना पक्राउ
२०८१-०२-१३

काठमाडौं, अवैध लागूऔषध कोकिन १ किलो १ सय १ ग्रामसहित कंगोलिज नागरिक ४९ वर्षीया APULA EKUTSHU MBONGO लाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटलबाट पक्राउ गरेको हो ।  दुवईबाट जेठ ४ गते काठमाडौं आएकी उनको ब्याग भित्र लुकाई छिपाई प्लाष्‍टिकले र्‍यापिङ गरी राखिएका ८५ वटा क्याप्सुलमा उक्त कोकिन फेला परेको थियो । उनले ती क्यापसुल पेटभित्र निलेर लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०२-१३

काठमाडौं, तनहुँ, म्याग्दे गाउँपालिका-५ धारापानी बस्ने २२ वर्षीय धन बहादुर आलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७५ ट्याब्लेटसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । आलेले आफ्नै घरमा लागुऔषध बिक्रीबितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४६ ट्याव्लेटसहित काठमाडौं महानगरपालिका-३ बस्ने २१ वर्षीय हेनिस अधिकारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरूवा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त टोलीले रक्सौलबाट वीरगंज बजारतर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने ३० वर्षीय निशान पुलामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।