प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

रौतहट, अपहरण, शरिर बन्धक तथा ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माधवनारायण नगरपालिका-६ माधोपुर बस्ने २३ वर्षीय दिपेश भन्ने मन्त्रीबाबु राय र राजदेवी नगरपालिका-६ मोहनपुर बस्ने २१ वर्षीय राजा भन्ने राजाबाबु पटेल रहेका छन् । 

मन्त्रीबाबु रायले परोहा नगरपालिका-३ तेजापाकड बस्ने ३० वर्षीय पुरूषलाई गत शनिबार आफ्नो घरमा बोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरास्थितमा रहेको रक्सी भट्टी पसलमा लगेको र उक्त पसलमा ८/९ जनाको अज्ञात व्यक्तिहरुले ती पुरूषलाई अपहरण गरी बन्धक बनाई पेस्तोल देखाई कुटपिट गर्नुका साथै फिरौती वापत चार लाख रुपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पीडित र अपहरणकारीहको खोजी गर्ने क्रममा आइतबार बिहान पीडितलाई सर्लाहीको बलरा भन्ने स्थानबाट भारततर्फ लैजान लागेको अवस्थामा फेला पारी अपहरणकारीमध्ये राजाबाबु पटेल र मन्त्रीबाबु रायलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।