प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

किर्ते गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा तयार पारी रकम ठगी गर्ने व्यक्ति पक्राउ

२०८०-०१-१५

  • A
  • A-
  • A+
Share

झापा, किर्ते गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा तयार पारी रकम ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा मेचीनगर नगरपालिका-६ बस्ने ७३ वर्षीय ज्ञान बहादुर गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

मेचीनगर नगरपालिका-६ मेचीडाँडास्थित ऐलानी जग्गाको जग्गा धनी प्रमाण पुर्जा उपलव्ध गराई दिने भनि मेचीनगर नगरपालिका-६ बस्ने ७५ वर्षीय भुपध्वज दाहाल र ज्ञान बहादुर गिरी लगायतले विभिन्न मितिमा निवेदकहरूसँग १० हजारदेखि ७० हजार रूपैयाँसम्म रकम लिई निवेदकहरूको फोटो टाँसिएका रातो मसीले सहीछाप समेत गरी नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा तयार पारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ज्ञान बहादुर गिरीलाई पक्राउ गर्नुका साथै हाल फरार भुपध्वज दाहालको खोजी गरिरहेको छ । 

ज्ञान बहादुर उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।