प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पटाका सहित पक्राउ तथा बरामद

२०७८-०७-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-१२ भोटबहालस्थित किराना पसल संचालन गरी बस्ने भारत मधुवनी घर भएका २६ वर्षीय कृष्ण कुमार साह र २३ वर्षीय मोती कुमार साहलाई १० किलोग्राम किङ कोब्रा नाम गरेको पटाका सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा उक्त पटाका सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-४ अमरपथ र सोही उपमहानगरपालिका-५ नेपालगंज रोडमा वेवारिसे अवस्थामा रहेको करिब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका पटाका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बरामद गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।