अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८०-०१-१६
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिका-५ स्थित सडकबाट अवैध लगूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय अर्जुन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा म.२ प ६८४४ नम्बरको मोटरसाइकल चालक चौधरीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१७ आइसिबी चेक पोइन्टबाट अवैध लगूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी गढिमाई नगरपालिका-८ बस्ने ४० वर्षीय कालिराम महत्तो र सोही नगरपालिका-७ बस्ने २२ वर्षीय अम्लेष महत्तो रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ५७५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-१ धिमाल बस्तिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २५ वर्षीय खेम मगर र बुद्धशान्ति गाउँपालिका-३ बस्ने १९ वर्षीय प्रजित तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ स्थित मनकामना स्कुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय निश्चल भण्डारी र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय बिबेक खड्का रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय २० मिलिग्रामसहित मोरङ आमचोक गाउँपालिका-५ बस्ने २० वर्षीय बिशाल दमाईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लगूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित चितवन खैरहनी नगरपालिका-३ घर भएका २९ वर्षीय सागर घिसिङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १४६३ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।