प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०७-१८

  • A
  • A-
  • A+
Share

कास्की, माछापुच्छ्रे गाउँपालिका-२ तातोपानीस्थित तातोपानी ईन होटलमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा हरिनाश गाउँपालिका-३ बस्ने २८ वर्षीय कमल भण्डारी लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १५ लाख २४ हजार ७० रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-११ बसपार्कस्थित न्यू ताप्लेजुङ होटलमा तास खेलिरहेको अवस्थामा सिन्धुली भिमफेदी बस्ने ३८ वर्षीय मोतिलाल श्रेष्ठ लगायत ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय ‘क’ विराटनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ४ सय २० रुपैयाँ  र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार