प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०८०-०१-१८

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयावेहडी बस्ने ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १२ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार