प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित २ जना पक्राउ

२०७८-०७-१८

  • A
  • A-
  • A+
Share


पर्वत, महाशिला गाउँपालिका-२ भोक्सिङ बागमाराबाट १ थान भरुवा बन्दुक, सोही बन्दुकको ५ सय ग्राम छर्रा, २ सय ५० ग्राम बारुद सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-१ होश्राङदी बस्ने ४५ वर्षीय राज बहादुर राना र सोही ठाउँ बस्ने ४० वर्षीय रेशम राना रहेका छन् ।
उक्त स्थानमा लु.३९ प ३८६१ नम्बरको मोटरसाइकलमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय लुंखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।