प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकहरू पक्राउ

२०८०-०१-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, झुठ्ठा विवरण पेश गरी विभिन्न मितिमा नेपाली नागरिकता लिएको अभियोगमा १० जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत बिहार जिल्ला बलिया उत्तर प्रदेश राज्य घर भएकाहरु काठमाडौं शंखमुल बस्ने ५५ वर्षीय भरत प्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता, ३९ वर्षीय वर्षीय गोपाल गुप्ता, ललितपुर लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, काठमाडौं गोंगबु बस्ने ४३ वर्षीय राम प्रबेश गुप्ता, काठमाडौं कलंकी बस्नेहरू ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेह लता गुप्ता, ४९ वर्षीया मिना देवी गुप्ता र ५२ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् । 

भारत उत्तर प्रदेशका भारतीय नागरिकहरुको समूहले नेपालका विभिन्न जिल्लाबाट विभिन्न समयमा विशेष गरी नागरिकता बनाउन टोली स्थलगत रुपमा खटिएको समय पारी झुट्टा विवरण पेश गरी नेपालको तराईका जिल्लाहरु सिराहा, बारा, पर्सा, रुपन्देही लगायतका स्थानबाट नेपाली नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानमा घर-जग्गा खरिद गरी व्यापार व्यवसाय समेत गरी बसेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा उनीहरूले झुठ्ठा विवरण पेश गरी बिभिन्न मितिमा सक्कलै नेपाली नागरिकता प्राप्त गरेको खुल्न आएपछि काठमाडौंको शंखमुल, कलंकी, वागबजार, गोंगबु, बानेश्वर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै व्यक्तिको सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावली विवरण अद्यावधिक  भएको खुल्न आएको छ । साथै भरत प्रसाद गुप्ता, राहुल गुप्ता र ज्ञानमति देवी गुप्ताको नाममा रहेको मतदाता परिचय पत्र, नेपाली नागरीकताको प्रमाणपत्र, काठमाडौंमा बसाईसराई भएको प्रमाणपत्र, भारतिय राजदुतावास भारतीय नागरिक भएको सिफारिसपत्र, भारतीय सवारी चालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायतका कागजातहरु, पक्राउ परेका व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्र ७ थान, मतदाता परिचयपत्र ५ थान र मोबाइल फोन ९ थानसमेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई नागरिकता ऐन तथा लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको  उक्त महाशाखाले जनाएको छ ।


 


सम्बन्धित समाचार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-११-०५

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछाप मन्थली नगरपालिका-८ घर भएकी १९ वर्षीया सुनिता बस्याल रहेका छन् । कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई सोही नगरपालिका-४ चम्पादेवी बसपार्क नजिकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४८ हजार ४ सय ४९ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, मोटरसाइकल १ थान र मोबाइल ३ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-११-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने झापा अर्जुनधारा नगरपालिका-६ घर भएका ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा अर्जुनधारा नगरपालिका-५ घर भएका ४२ वर्षीय गोविन्द प्रसाद निरौला र काठमाडौं महानगरपालिका-१३ बस्ने गोरखा गण्डकी गाउँपालिका-१ घर भएका ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये धर्म प्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रूपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५० लाख रूपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३ हजार रूपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपलिका-२६ बाट र निमालाई काठमाडौं महानगरपालिका-६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट र सुरजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-११-०५

कास्की, गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-२ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका-१३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे रहेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा “माओवादीका कार्यकर्ता हौ” भनी डरधाक धम्की दिई गैरकानूनी रूपमा चन्दा संकलन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चन्दा ऐन सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।