प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित पक्राउ

२०७८-०७-१९

  • A
  • A-
  • A+
Share

बारा,  निजगढ नगरपालिका-३ सिगौलस्थित सिमल चौर खोलाबाट सोही ठाउँ बस्ने ६५ वर्षीय मंगल लाल पाख्रिनलाई १ थान लोड गरेको भरुवा बन्दुक, प्लास्टीकको सानो बाटामा रहेको बारुद र १५ वटा सानो फलामका टुक्राहरु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थाई प्रहरी पोष्ट सिगौलबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।