प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

२०८०-०२-०१

  • A
  • A-
  • A+
Share

सुनसरी, धरान उपमहानगरपालिका-१७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र सोही उपमहानगरपालिका-१५ सहिद मार्ग बस्ने  २४ वर्षीय रोहित राईलाई २ थान अटोमेटिक पेस्तोलसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले हुकमेन जिमीलाई उनकै घरमा लुकाई राखेको स्वचालित हतियार पेस्तोलका विभिन्न पार्टससहित फेला पारी पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनले २ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान आफूले राखेको र १ थान रोहित राईलाई दिएको भनि खुल्न आएपछि रोहित राईको घर तलासी गर्दा १ थान म्याग्जिन सहितको पेस्तोल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।