प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८०-०२-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-२ घर भएका २५ वर्षीय राम बहादुर सिजाली समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ५ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार