अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-०५
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-१० लेखनाथ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित हल्दिबारी गाउँपालिका-२ बस्ने ३३ वर्षीय प्रकाश राजबंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।