अवैध लागूऔषधहसहित पक्राउ
२०८०-०२-०८
- A
- A-
- A+
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा ४ किलो १ सय १० ग्रामसहित पर्वत फलेवास नगरपालिका-१० बस्ने ३४ वर्षीय राज कुमार क्षेत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको हाइसलाई प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २९ एम्पुल र नुर्फिन २९ एम्पुलसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २७ वर्षीय गोबिन्द लोप्चनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनार्वा र लागूऔषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।