नियन्त्रित लागूऔषधसहित पक्राउ
२०८०-०२-१०
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ९ एम्पुल, एभिल १२ एम्पुल, डाईजेपाम ९ एम्पुल र फेनारगन-९ एम्पुलसहित तेह्रथुम आठराई गाउँपालिका-४ बस्ने १९ वर्षीय अनिश लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।