अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ
२०८०-०२-१२
- A
- A-
- A+
पर्सा, कालिकामाई गाउँपालिका-१ बाट अवैध लागूऔषध चरेश १० किलोग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय अनिल पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी आशवारीबाट खटिएको प्रहरीले बीआर २२ एटि ८४९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा २० वटा प्याकेटमा रहेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।