प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार)सहित तीन जना पक्राउ

२०८०-०२-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखने वस्तु १ थानसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१८ धरमपुर बस्ने ६५ वर्षीय होम बहादुर विक, ४३ वर्षीय कृष्ण बहादुर महतो र ६८ वर्षीय सिखा राम थारु रहेका छन् ।  संरक्षित वन्यजन्तुको आखेटोपहार अबैध रुपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) को समन्वयमा उनीहरूलाई उक्त वस्तुसहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम) मार्फत डिभिजन वन कार्यालय नवलपरासीमा वुझाइएको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।