प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८०-०२-१६

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, भिमदत्त नगरपलिका-४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८२-०२-०१

दाङ, तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-११ घर भएका २९ वर्षीय नरेन्द्र केसीको कोठामा जुवातास खेलिरहेको अवस्थामा नरेन्द्र समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८ सय ६५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-८ कोशीपारी बस्ने शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-८ बस्ने ३३ वर्षीय सविन श्रेष्ठ समेत १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय ४५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८२-०१-१९

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा फुर्वा समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सुजन दाहाल समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।