प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नियन्त्रित लागूऔषधसहित पक्राउ

२०८०-०२-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१ नारायणचौरबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय १० पिससहित सोही महानगरपालिका-१ नक्साल भगवतीवहाल बस्ने भक्तपुर घर भएका १८ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०६-०४

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित नेपाल भारत सिमाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र सोही नगरपालिका-६ बस्ने ३० वर्षीय गणेश पाण्डेय रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर लागूऔषध नियन्त्रण शाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका डेरा गरी बस्ने गुल्मी रिडि घर भएका २४ वर्षीय अजय सुनारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, प्रहरी बिट जितगढि किल्ला र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी स्टाफ चोक बस्ने २० वर्षीय विपिन माझीलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-७ कृष्णपुर बस्ने ३२ वर्षीय सजिब महत्तोलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ३० मिलिग्राम सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०६-०३

कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पर्दाथ सहित पक्राउ गरेको हो । सर्लाही, हरिवन नगरपालिका-३ डाबरी टोल बस्ने ४० वर्षीया शान्ती माया थिङ्लाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ७ सय ९० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको घर र पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०६-०३

पाँचथर, फिदिम नगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-७ रानिटार बस्ने २५ वर्षीय राम बहादुर लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, हनुमाननगर कंकालिनि नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-३ रामपुर टोल बस्ने २९ वर्षीय दिल बहादुर माझी र सोही नगरपालिका बस्ने १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले भारदहबाट हनुमाननगरतर्फ जाँदै गरेको को.२ ह ४३०५ नम्बरको रिक्सालाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक दिल बहादुर र रिक्सामा सवार किशोरलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उदयपुर बेलका नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई भारदह चोकबाट नगद ५ लाख रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १९ ट्याब्लेट र एभिल १९ ट्याब्लेट सहित सोही नगरपालिका-२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँद समेत ६ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले से.४ प २३१६ नम्बरको स्कुटर र लु.६४ प ४५२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०६-०२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-५ बस्ने २९ वर्षीय सन्तोष पौडेल र गोरखा शहिद लखन गाउँपालिका-६ बस्ने २५ वर्षीया सिमा गुरूङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले काकड्भिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५६५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २३ ट्याब्लेट र ट्रामाडोल ८ ट्याब्लेट सहित जाजरकोट जुनिचाँदे गाउँपालिका-५ बस्ने २१ वर्षीय समिर जंग शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतको रूपैडिया बजारबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-४ ट्राफिक चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ७३ एम्पुल, फेनारगन ७३ एम्पुल र सेरेजेक ७३ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने २६ वर्षीय भुपाल थापा र सोही महानगरपालिका-१३ बस्ने २८ वर्षीय शिव गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०६-०१

बाँके, कोहलपुर नगरपालिका-१० बालबिद्या टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-७ घर भई कोहलपुर नगरपालिका-१० बस्ने २१ वर्षीय रिसब श्रेष्ठ र २२ वर्षीय महेश शाही रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ स्थित न्युसिटी बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१५ रंगिलाचोक बस्ने २८ वर्षीय किशोर बिकलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट न्युसिटी बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ बिशाल चोक बस्ने २२ वर्षीय कर्ण लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  डडेल्धुरा, अमरगढी नगरपालिका-७ पोखरा बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय तेज कैनिलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी अजयमेरू गाउँपालिका-६ भण्डारीगाउँबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४७ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय राज सिंह भण्डारीलाई अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको प्रहरीले सोमबार राती पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।