प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हतियारको १ सय २ राउण्ड गोली बरामद

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-१०स्थितबाट हर्नेटमा प्रयोग हुने १७ राउण्ड, एसएलआरमा प्रयोग हुने ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएमको ४ राउण्ड, फेडेरल म्यागनममा प्रयोग हुने ८ राउण्ड, विनचेस्टरमा प्रयोग हुने ५ राउण्ड, ५४ एमएमको ३ राउण्ड, ७ एमएमको १ राउण्ड र बिग्रेको खोका ४ राउण्ड समेत गरी जम्मा १ सय २ राउण्ड गोली आइतबार बिहान प्रहरीले बरामद गरेको छ । 

वीरगंज महानगरपालिकाको जेसीबीको सहयोगमा बाटोको नाला सफा गर्ने क्रममा शंकास्पद रुपमा प्लास्टिकको झोला भेटिएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरीले झोला जाँच गर्ने क्रममा उक्त परिमाणको गोली फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।