जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०२-२९
- A
- A-
- A+
उदयपुर, ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-३ हडिया बस्ने १६ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।