अवैध लागूऔषधसहित पक्राउ तथा बरामद
२०८०-०२-३०
- A
- A-
- A+
बारा, निजगढ नगरपालिक-८ स्थितबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त बसमा सवार सर्लाही बिष्णु गाउँपालिका-३ बस्ने ४९ वर्षीय बिरेन्द्र चौधरी र बस चालक चितवन भरतपुर महानगरपालिका-१२ बस्ने ४३ वर्षीय गिर बहादुर बिक समेत ३ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले बा.५ ख २८६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बस चालक बिकसमेत उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गुलरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५० मिलिग्रामसहित सोही नगरपालिका-२ बंक बस्ने २० वर्षीय बिबेक साउँदलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ स्थित डेउरी खेतबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १२ केजी २ सय ३० ग्राम र चरेस जस्तो देखिने पदार्थ २० केजी ८० ग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीलाई देख्नासाथ भतौरबाट डेउरीतर्फ पैदल जाँदै गरेका ४ जना व्यक्तिहरुले टाउँकोमा बोकी ल्याउँदै गरेको २ वटा बोराको पोका फाली फरार भएपश्चात बोरा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।