अवैधलागूऔषध गाँजासहित पक्राउ
२०८०-०२-३१
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपलिका-१५ पारिश्रमिक टोल बस्ने ४० वर्षीय राम थापालाई अवैध लागूऔषध गाँजा २ केजी ५ सय ग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।