लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०२-३२
- A
- A-
- A+
ललितपुर, लेनदेन(विगो)मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-१ कुपण्डोल बस्ने ४७ वर्षीय विद्या सुषण भण्डारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७८ वैशाख ३ गतेको फैसलाले लेनदेन (विगो) मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीले ललितपुर महानगपालिका-१ कुपण्डोलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।