अवैध लागूऔषधसहित पक्राउ तथा बरामद
२०८०-०२-३२
- A
- A-
- A+
नवलपरासी(पश्चिम), सरावल गाउँपालिका-४ पुर्नाहबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट, डाइजेपाम ९ एम्पुल, ब्रुप्रोनोर्फिन १३ एम्पुल, प्रोमेथाजाइन १३ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पाउडर २ ग्राम ४ सय ७ मिलिग्रामसहित सोही नगरपालिका-४ ललितपुर बस्ने ३२ वर्षीय सुधारे हरिजनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले यूपी ५६ एएम ७८८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनि लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित नारायणी काउन्टरको छेउबाट अवैध लागूऔषध गाँजा करिब १० किलो ८ सय ग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।