अवैध लागूऔषधसहित पक्राउ
२०८०-०३-०१
- A
- A-
- A+
काभ्रे, बनेपा नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोईन ६५ ग्राम, डिजिटल तराजु १ थान र नगद ३ लाख १९ हजार रुपैयाँसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका-९ घर भएका ३० वर्षीय लाक्पा शेर्पा र काभ्रे तेमाल गाउँपालिका-३ घर भएकी १८ वर्षीया किशोरी रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त लागूऔषध, तराजु र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।