प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको १२ जना अवस्थामा पक्राउ

२०८०-०३-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदी बस्ने कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ९५ हजार ३ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-२ घर भएकी  २० वर्षीया सबिता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा घले समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 




सम्बन्धित समाचार