अवैध लागूऔषधसहित पक्राउ
२०८०-०३-०४
- A
- A-
- A+
स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नोफिम ४० एम्पुलसहित कास्की पोखरा महानगरपालिका-१४ काजिपोखरी बस्ने २२ वर्षीय सुमन गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना.४ ख ४७५१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार गुरुङलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित मकवानपुर हेटौंडा हरीहरगढी गाउँपालिका-१ घर भएका ३० वर्षीय शिसिर बम्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ना.५ ख ४९६२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
दार्चुला, शैल्यशिखर नगरपालिका-९ नायलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ करिब १ केजी ७ सय ग्रामसहित बैतडी डिलाशैनी गाउँपालिका-१ नानरा बस्ने ५० वर्षीय कमल कुमार रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले जाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक २१ एम्पुल, एभिल २१ एम्पुल, डाईजेपाम २१ एम्पुल र फेनारगन २१ एम्पुलसहित सुनसरी रामधुनी नगरपालिका-७ बस्ने २३ वर्षीय मनिष लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धाम प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।