प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१ थान कटुवा पेस्तोल बरामद

२०७८-०७-२५

  • A
  • A-
  • A+
Share

बारा,  

जितपुरसिमरा उपमहानगरपालिका-४ औराहास्थित बाहुनी खोला किनारको छटघाटबाट १ थान कटुवा पेस्तोल बुधबार बिहान प्रहरीले बरामद गरेको छ । 

उक्त स्थानमा स्थानीयहरुले सरसफाई गर्ने क्रममा माटोले पुरीएको अवस्थामा पेस्तोल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमरा र अस्थाई प्रहरी पोष्ट औराहाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।