अवैध लागूऔषधसहित पक्राउ
२०८०-०३-०७
- A
- A-
- A+
जुम्ला, तिला गाउँपालिका-२ घर भई हाल चन्दननाथ नगरपालिका-४ भारतीवाडा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश बोहरा र कनकासुन्दरी गाउँपालिका-२ बस्ने २३ वर्षीय खुम बहादुर रावतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले प्रकाश बोहराको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनीहरूले उक्त लागूऔषध चन्दननाथ नगरपालिका-५ बस्ने २२ वर्षीय मनोज सुनारबाट किनि ल्याएको खुल्न आएपछि मनोज सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।