प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८०-०३-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२६ ठमेल क्वाबहालस्थित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ५० वर्षीय बुल बहादुर भण्डारीको ब्रिज स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ६० रूपैयाँ  र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार