प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित पक्राउ तथा बरामद

२०८०-०३-०९

  • A
  • A-
  • A+
Share

नुवाकोट, किस्पाङ गाउँपालिका-१ नोचेतस्थित म्यानम्यान सामुदायिक जंगलको छेउबाट भरूवा बन्दुक १ थानसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय कुल बहादुर तामाङ र २६ वर्षीय लालिमान तामाङ रहेका छन् । कुल बहादुर तामाङ, लालिमान तामाङ र सोही ठाउँ बस्ने १९ वर्षीय विजय तामाङले लोड अवस्थामा रहेको भरुवा बन्दुक लिई दुम्सी मार्न हिँडेकोमा अचानक भरूवा बन्दुक पड्किँदा विजय तामाङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । गम्भीर घाइते विजय तामाङको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि वीर अस्पताल काठमाडौं पठाइएको छ । 

तनहुँ, घिरिङ गाउँपालिका-४ करूवाटार बस्ने ५९ वर्षीय टेक बहादुर सोतीलाई एकनाले भरूवा बन्दुक १ थानसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । 

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मार्पाङस्थित जंगलबाट वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।