प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एटीएम तोडफोड कार्यमा संलग्न दुई जना पक्राउ

२०८०-०३-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छे बैंकको एटीएम तोडफोड गरेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखा मेलुङ गाउँपालिका-५ घर भएका १९ वर्षीय चन्द्र तामाङ रहेका छन् । 

एटीएम तोफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार