जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०३-१२
- A
- A-
- A+
बागलुङ, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ढोरपाटन नगरपालिका-८ नौथर टोल बस्ने ५० वर्षीय मन बहादुर विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
विकले ती महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।