प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०७८-०७-२५

  • A
  • A-
  • A+
Share

महोत्तरी,  

बर्दिवास नगरपालिका-१ बर्दिवासस्थित न्यौपाने खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय दिपक शर्मा लगायत १० जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ५ सय १५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार