प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

२०८०-०३-१९

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही नगरपालिका-५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

रोल्पा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ बस्ने ४२ वर्षीय बीर बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबजरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-२७

दैलेख, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुल्लु नगरपालिका-७ खेतगाउँ बस्ने ६५ वर्षीय ईन्द्र देब गिरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-८ डुडामारी बस्ने ५२ वर्षीय सन्तवीर लिम्बु सम्वाहाम्फेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिल्झिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-२२

अछाम, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ढकारी गाउँपालिका-२ बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साउदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।बझाङ, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका-३ बस्ने २२ वर्षीय सुरज जोशीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुरजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-१८

बर्दिया, ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-२ इभाङ बस्ने ४० वर्षीय राजिन कामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राजिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी इभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।