नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८०-०३-२२
- A
- A-
- A+
सिरहा, भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट र स्पाक्सोप्रोक्सिमन ३२ ट्याब्लेटसहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उदयपुर त्रियुगा नगरपालिका-५ बस्ने ३४ वर्षीय नारायण बुर्जा र सोही ठाउँ बस्ने ३० वर्षीय अनिल खड्का रहेका छन् । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.११ प २२७७ नम्बरको मोटरसाइकललाई जाँच गर्न क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।