प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८०-०३-२४

  • A
  • A-
  • A+
Share

रोल्पा, रोल्पा नगरपालिका-४ लिबाङ डेरा गरी बस्ने ४४ वर्षीय सन्तोष सुनारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ३३ वर्षीय कौशल खत्री समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ६२ हजार २ सय ४५ रूपैयाँ र तास १ सय ६५ पिससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 


सम्बन्धित समाचार