जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०३-२४
- A
- A-
- A+
झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ संग्रौला टोल बस्ने ३३ वर्षीय चन्द्र बहादुर रोक्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई पैसाको लोभ देखाई सोही गाउँपालिका-४ चिलिमगढीस्थित नव ज्योति सामुदायिक वन क्षेत्रमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।