प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८०-०४-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका-११ भोजाङ घर भएका ५० वर्षीय जगत बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ३३ हजार ३ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 



सम्बन्धित समाचार