प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली मुद्रा र नक्कली सुनसहित दुई जना पक्राउ

२०८०-०४-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-३ बसुन्धाराबाट नक्कली नेपाली तथा भारतीय मुद्रा र नक्कली सुनसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा आरुघाट गाउँपालिका-१० घर भएका ४८ वर्षीय दुर्गा बहादुर खत्री क्षेत्री र भारत देश लखनउ घर भई काठमाडौं महानगरपालिका-१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् । 

काठमाडौं बसुन्धारास्थित ३ नम्बर वडा एरिया अन्तर्गत विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार हुन्छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी नक्कली मुद्रासहित सिंहलाई पक्राउ गरी सिंहलाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं नागार्जुन नगरपालिका-२ सानोभर्‍याङस्थित क्षेत्रीको कोठाबाट नक्कली सुन बरामद गरी क्षेत्रीलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुबाट भारतीय नक्कली नोट जस्तो देखिने २ हजार दरको ४ थान तथा ५ सय दरको ४ थान र  नेपाली नक्कली नोट जस्तो देखिने १ हजार दरको नोट ६ थान, एककिलो फाइनगोल्ड लेखिएको सुनजस्तो देखिने धातु २ थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुन जस्तो पहेलो धातु राखिएको प्याकेट २ सय थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुनजस्तो पहेलो धातुको टुक्रा २० थान, टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता १ सय थान, लेमिनेसन मेसिन १ थान, मोटरसाइकल १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ । 

उनीहरु उपर मुद्रा सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमिति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।