प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हतियारसहित एक जना पक्राउ

२०८०-०४-०३

  • A
  • A-
  • A+
Share

धनकुटा, चौबिसे गाउँपालिका-५ बज्रमाई बस्ने ५० वर्षीय सोइतन विकलाई एकनाले भरुवा बन्दुक १ थान, गोली १ थान र भरुवा बन्दुकमा लाग्ने बारुदसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

रुखमा जामुन टिपिरहेका सोही ठाउँ बस्ने ३२ वर्षीय भिम बहादुर याख्खालाई बाँदर जस्तो ठानी भरुवा बन्दुक प्रहार गर्दा घाइते भएको भन्दै विक स्वयंले खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो । घाइते याख्खालाई उपचारको लागि धरान घोपा अस्पताल लगिएको र अवस्थामा मध्यम रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।